सामाजिक संजाल:

२०८२ फाल्गुन २४, आईतवार

काठमाडौँ। सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई उर्फ हर्क साम्पाङ विजयी भएका छन्।

आइतबार सार्वजनिक नजिताअनुसार निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङलाई ८ हजार ४९२ मतले पछि पार्दै साम्पाङ निर्वाचित भएका हुन्।

निर्वाचन आयोगका अनुसार विजयी हर्कले ३५,७४१ मत ल्याउँदा पराजित तामाङले २७,२४९ भोट प्राप्त गरेकी छन्।

तेस्रो नम्बरमा रहँदै नेकपा एमालेका उम्मेदवरा टीकाराम लिम्बुले ६,४६३ मत ल्याएका छन्।