वीरेन्द्रनगर। कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा सप्ताहव्यापी ‘जेसीज सप्ताह–२०२६’ आयोजना हुने भएको छ। युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकासमा सक्रिय संस्था सुर्खेत महिला जेसीजले जेसीज सप्ताह गर्न लागेको हो।
जेसीजको अध्यक्ष मनु सुनारले सप्ताहमा संस्थाले विभिन्न सामाजिक, शैक्षिक तथा नेतृत्व विकास सम्बन्धी कार्यक्रमहरु वक्तृत्वकला प्रतियोगिता, रक्तदान, नेतृत्व विकास तालिम, स्वास्थ्य शिविर तथा नारी सम्मानलगायत विविध गतिविधि सञ्चालन हुने जानकारी दिइन्।
सप्ताहमा विभिन्न क्षेत्रका व्यक्तित्व, युवायुवती, विद्यार्थी तथा स्थानीयको सहभागिता रहने आयोजकले जनाएको छ।
शुक्रबार (जेठ १५) गतेबाट सुरु हुने सप्ताह कार्यक्रम जेठ २३ गतेसम्म सञ्चालन हुने छ।
जेठ १६ गते बिहान ६ बजे मंगलगढी चोकमा रक्तदान, १७ गते शुभ होटलमा नेतृत्व विकास तालिम, २२ गते वीरेन्द्रनगर नगरपालिका–६ नम्बर वडा कार्यालय कार्यालय परिसरमा स्वास्थ्य शिविर सञ्चालन र २३ गते शुभ होटलमा ‘नारी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम’ गर्दै जेसीज सप्ताहको समापन हुने कार्यतालिका रहेको आयोजकले जनाएको छ।

