रुकुमपश्चिम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुमपश्चिमको सभापतिमा द्रोण खड्का निर्वाचित भएका छन्। निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रतिस्पर्धी पुस्तक चन्दलाई १२ मतले पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन्।
आइतबार र सोमबार रुकुमपश्चिमको मुसीकोटमा भएकाे रास्वपा प्रथम जिल्ला अधिवेशनमा सहमति नजुटेपछि निर्वाचन भएको थियाे।
सभापितमा खड्काले ४२ मतसहित निर्वाचित भए भने अर्का उम्मेदवार पुस्तक चन्दले ३० मत प्राप्त गरे। कुल ११३ जना मतदातामा ७३ मत खसेको थियाे।
उपसभापतिमा रिमप्रसाद शर्माले ३२ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी रवीन्द्रकुमार विष्टले २०, ठकेन्द्र गिरी रविले १४ र घमन्डबहादुर चन्द शिखरले ५ मत मात्र प्राप्त गरे।
यस्तै, सचिवमा दीपेन्द्रराज विष्टले लोकप्रिय मतका साथ विजयी भएका छन्। उनले सर्वाधिक ५८ मत प्राप्त गर्दै प्रतिस्पर्धी नवराज मल्ललाई पाजित गरे। उनले १४ मत प्राप्त गरे।
सहसचिवमा २७ मतसहित प्रेम बाँठा मगर निर्वाचित भए भने प्रतिस्पर्धी शसे खत्री सरोज र पदम ददेलले २३/२३ मत प्राप्त गरे।
पाँच जना सदस्यका लागि भएको प्रतिस्पर्धामा नीरज गिरी, यामराज डाँगी, लोकबहादुर गिरी, विनोद बटाला र रमेश गिरी विजयी भएका छन्।
त्यस्तै सदस्यमा कल्पना विष्ट र सुनिता केसी निर्विरोध निर्वाचित हुनुभएको छ भने पदम ददेललाई जिल्ला सदस्यमा मनोनीत गरिएको छ।

