२०८३ असार २६, शुक्रबार

वीरेन्द्रनगर। कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डार्क–नेपाल)ले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ वडा कार्यालयमा स्तनपान कक्ष स्थापना गर्न आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

शुक्रबार एनपीएल एससीआई कर्पोरेट फाइनान्सिङ परियोजना अन्तर्गत सञ्चालन गरिएको कार्यक्रममा वडा कार्यालयलाई सोफा सिङ्गल, टि–टेबल, डस्टबिन, सुज यार्न (कार्पेट), सेरामिक्स फिल्टर, बाल्टिन तथा डस्टी, कार्पेट, प्लास्टिकबाटा, ह्याङ्गबास, साबुन, टिस्यु पेपर तथा मल्टिप्लग लगायतका सामग्री प्रदान गरिएको हो।

कुल ३७ हजार ५१६ रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको छ।

कार्यक्रममा किर्डाक नेपालका परियोजना संयोजक शेषकान्त शर्माले सामग्री हस्तान्तरण गरेका थिए।

वडा कार्यालयको तर्फबाट वडाध्यक्ष ध्रुवकुमार चपाईंले सामग्री ग्रहण गरेका छन्।