२०८३ बैशाख १४, सोमबार

सुर्खेत। कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा तेस्रो त्रैमासिक प्रगति समीक्षा कार्यक्रम सोमबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ।

बैशाख १४ र १५ गते गरी दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा मन्त्रालय तथा मातहतका २९ वटा कार्यालयहरूको प्रगति विवरण प्रस्तुत गरिने मन्त्रालयले जनाएको छ।

कार्यक्रममा चालु आर्थिक वर्षको हालसम्मको कार्यसम्पादन, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे समीक्षा हुने छ।

सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहको अध्यक्षमा सुरु भएको गोष्ठीमा मन्त्रालयका कर्मचारीहरु, सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ।

समीक्षा कार्यक्रमले सेवा प्रवाहलाई प्रभावकारी बनाउने, कमजोरी सुधार गर्ने तथा आगामी योजनालाई अझ व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।