२०८३ असार १८, बिहीबार

वीरेन्द्रनगर। आमाको दूधलाई प्रतिस्थापना गर्ने वस्तु (विक्री वितरण नियन्त्रण) ऐन २०४९ लगायत स्तनपान सम्बन्धी सरोकारवालाहरुसँग अभिमुखीकरण गरिएको छ। बिहीबार जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको आयोजनामा सरोकारवाला निकायहरुलाई अभिमुखीकरण गरिएको हो।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतकी पब्लिक हेल्थ नसिङ्ग अधिकृत अन्जना भण्डारीले स्तनपानको अवस्था र यसको महत्वका बारेमा आफ्नो प्रस्तुतिकरण राखेकी थिइन्।

उनले आमाको दुधलाई प्रतिस्थापन गर्ने बस्तु भन्नाले आंशिक वा पूर्ण रूपमा प्रतिस्थापन गर्न बिक्री वितरण गरिएको खाद्य वस्तु, बच्चा १२ महिनासम्मको शिशु, बालसुत्र: ४ देखि ६ महिनासम्मको बच्चाको सामान्य पोषण पूर्ति गर्ने र शारिरिक बनोटलाई मिल्ने गरी नेपाली गुणस्तर अनुरुप तयार गरिएको बस्तुलाई बुझाउने बताइन्।

यस्तै, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतकी प्रमुख करुण भट्टराईले आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ तथा नियमावली, २०५१ जानकारी गाइन्।

उनले नपानको संरक्षण र संवर्द्धन, आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तुलाई नियमित गर्ने, बच्चाहरूको लागि सुरक्षित एवं पर्याप्त पोषणको व्यवस्था गर्ने, आमाको दुध नै सर्वोत्तम हो भन्ने विश्वास दिलाउने एनेको उदेश्यहरु रहेको बताइन्।

साथै उनले ऐनमा भएका मुख्यविषयबस्तु बारे चर्चा गरेकी थिइन्।