वीरेन्द्रनगर। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ बाट १८ वर्षीय प्रकाश सिजापति सम्पर्कविहीन भएका छन्। दैलेखको ठाँटीकाँध गाउँपालिका-४ घर भइ वीरेन्द्रनगरमा बस्दै आएका उनि असार ७ गते साँझदेखि सम्पर्कविहीन भएका हुन्।
एकछिनमा आउँछु भनेर उनि घरबाट बजार निस्किएका थिए।
प्रकाशका बुबा खड्क बडुवालले असार ७ गते आइतबार बेलुकाको समयमा एकछिनमा आउँछु भनेर घरबाट बजार निस्किएको छोरा अहिलेसम्म घर नफर्किएको जानकारी दिए।
उनले भने, ‘बेलुका ७ बजेको समयमा घरबाट निस्किएको छोरा ९ बजेसम्म पनि घर नआएपछि फोन गरेर घर बोलाएको थिए। उसले एकछिनमा आउँछु भनेर फोन राखिदियो।’
यस्तै, खड्कले छोरा नआएपछि सोही दिनको राती ११ बजे फेरी फोन गर्दा फोन नउठेको बताए।
प्रकाशका बुबा खड्क बडुवालले छाेरा प्रकाशको फोन स्विच अफ भएको र ९ गते एक चोटी फोन लागेको तर, नउठेको जानकारी दिए।
साथै उनले छोराको फोन पनि नउठ्ने र ४ दिनसम्म पनि सम्पर्कमा नआएपछि खोजीकार्यका लागि सबैसमक्ष आग्रह गरेका छन्।
प्रकाशका बुबा खड्कले छोराको खोजीका लागि असार १० गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा निवेदन दिएका छन्।
प्रकाश वीरेन्द्रनगरमा आफ्ना बुबा/आमासँग बस्दै आएका थिए। उनका बुबा/आमाले सुर्खेतमा खाजा/नास्ता पसल सञ्चालन गरेका छन्।





