काठमाडौँ। राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनित भएका छन्।
प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई आगामी ५ वर्षका लागि उक्त पदमा मनोनयन गरेकी हुन्।
यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सिन्धुलीका श्रेष्ठलाई मनोनित गरिएको हो।
उनले अब कोषको सञ्चालक समितिको अध्यक्षता गर्नेछन्।
राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ ले कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले अध्यक्ष मनोनयन गर्ने व्यवस्था गरेको छ।
समाजशास्त्रमा स्नातकोत्तर श्रेष्ठले कानुनमा स्नातक गरेका छन्। सिन्धुलीका उनी कानुन व्यवसायी पनि हुन्।
गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा सदस्यका लागि सिफारिस भएका छन्।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले गृमन्त्री अर्याललाई राष्ट्रपतिबाट मनोनीत गर्ने एक सदस्यमा मनोनयनका लागि सिफारिस गरेको हो।