कञ्चनपुर। नागरिक उन्मुक्ति पार्टी नेपालबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ।
चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृत देवराज भारतीले बताए। टीकापुर हत्याकाण्डमा दोषी ठहर चौधरीविरुद्ध उम्मेदवारी दर्तापछि उजुरी परेको थियो।
चौधरी ७ भदौ २०७२ मा भएको टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन्। उनलाई जन्मकैदको सजाय तोकिएको थियो। पछि उनी राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका थिए।
प्रतिनिधिसभा निर्वाचन ऐनमा जन्मकैद पाएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था छ ।

