सामाजिक संजाल:

२०८२ फाल्गुन २९, शुक्रबार

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको केहीबेरमै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिँदैछ।

शुक्रबार बिहान ११ बजेपछि पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिने ओलीले सचिवालयले जनाएको छ।

पशुपति आर्यघाट लैजानुअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि गुन्डुस्थित ओली निवासमा राखिएको थियो।

अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यसहितले अस्पतालमै पुगेर मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान ३ बजेतिर गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो।

स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन्।