२०८३ बैशाख २८, सोमबार

सुर्खेत । कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपीडी भवन निर्माण हुने भएको छ। भवन निर्माणका लागि सोमबार अस्पताल परिसरभित्रै शिलान्यास गरिएको छ।

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको सहभागितामा भवन शिलान्यास गरिएको हो।

प्रदेश अस्पतालका अनुसार निर्माणको जिम्मेवारी चण्डीदेवी विशाल एन्ड विराट जेभी काठमाडौँले १६ करोड ८४ लाख लागतमा भवनको निर्माण सम्पन्न गर्ने गरी जिम्मा लिएको छ।

ठेकदार कम्पनीले अबको १४ महिनाभित्र निर्माण सम्पन्न गरेर भवन हस्तान्तरण गर्नुपर्ने सीमा रहेकाे अस्पतालले जनाएकाे छ।