काठमाडौँ। शिक्षामन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले मन्त्री पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले बतायो।
विगतमा सञ्चारमन्त्रीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने अभ्यास थियो। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्ना विश्वासपत्र शिक्षामन्त्री पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको देखिन्छ।