सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह (बालेन्द्र)ले कर्णालीमा डेढ दिन बिताएका छन्। चुनावि अभियान ल्याएर शुक्रबार कर्णाली पुगेका बालेनले विभन्न स्थानमा पुगेर घण्टी मात्रै बजाए।
बालेन लुम्बिनी प्रदेशको बाँके जिल्लाका नेपालगञ्ज, कोहलपुर र बर्दियाका विभिन्न ठाउँमा हुँदै सुदूरपश्चि प्रदेशबाट शुक्रबार दिउँसो करिब १२ बजेको समयमा कर्णाली प्रदेशको दैलेख जिल्ला पुगेका थिए।
जिल्लाको पश्चिममा पर्ने आठबीस नगरपालिकाको राकम कर्णालीमा पुगेपछि कालीकोटतर्फ लागे।
दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखबाट रास्वपा प्रत्यक्ष उम्मेदवारहरुसहित नेता–कार्यकर्ता स्वागतका लागि ३÷४ घण्टाको यातायात यात्रा तय गरेर राकम कर्णाली पुगेका थिए। त्यहाँ बालेन गाडीबाट झरेनन्। स्वागत गर्न पुगेका उम्मेदवार तथा नेताहरुले गाडीको झ्यालबाटै बालेनको आर्शिवाद मागे।

त्यसपछि उनि कालीकोट जिल्लाको सदरमुकाम खाडाँचक्र नगरपालिका मान्म पुगे।
उनि मान्म पुग्नु अगाबै फोटो खिचरेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै लेखे, ‘कर्नालीका सुइना, अब हाम्मा सुइना’ बालेनले स्टाटस मार्फत कर्णालीबासीका सपनाहरु अब रास्वपाका सपनाहरु भएको ती सपनाहरु रास्वपाले न साकार पार्ने विश्वास व्यक्त गरे।
मान्म पुगेपछि राष्ट्रिय स्वतत्रपार्टीबाट उम्मेदवार कालीकोटका प्रकाश न्यौपाने तथा जुम्लाबाट उम्मेदवार बिनिता कठायता (बिन्द्रा)लाई भेटे।
त्यहाँ उनले मान्म बजारको प्रतिमा चोक पुगेर घण्टी बजाउँदै दैलेख फर्किए।
यता दैलेखका विभिन्न स्थानहरु राकम कर्णाली, चामुण्डाबिन्द्रासैनीको जम्बुकाँध, भैरबी गाउँपालिकाको चगत्रा बजार, दुल्लुबजार, दैलेख सदरमुकाममास्थानीयहरु बालेनलाई पर्खेर बसेका थिए। तर, उनि समय अभावका राकमकर्णालीबाट कतै नरोकिएर दुल्लु नगरपालिकाका रहेको पार्टीको कार्यालय उद्घाटन गरेर सुर्खेत झरे।

बालेनलाई भेट्न नपाएपछि चामुण्डाको जम्बुकाँधमा दिउँसोभरी कुरेर बसेका स्थानीयहरुले चित्त दुखाएका छन्। उनि त्यहाँ रोकिएनन्, स्थानीय युवाहरुको हुल आएपछि गाडी कुदाएर त्यहाँबाट भागे। ‘यस्तो तरिकाले कहाँ हुन्छ। बिहानदेखि स्थानीयहरु कुरेर बसेका छन्। केटाहरुको चिल्लीबिल्ली भयो। बालेन आयो गयो,’ एक स्थानीयले भिडियोमा भनेका छन्, ‘यहाँका जनताका कुनै पनि कुरा सुनेनन्।’
बालेन नबाेलेर घुइकिएपछि रिसाए दैलेखी जनता ।
स्थानीयहरुले बालेन उम्मेदवार बन्दा एकछिन समय दिन नसक्नेले भोली प्रधानमन्त्री भएपछि हामीलाई समय दिन्छन् भन्ने के छ? प्रश्न गरेका छन्।
यस्तै, स्थानीयहरुले बालेनको शैलीप्रति प्रश्न गरेपछि दैलेख निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवार नन्दकिशोर बस्नेतले माफी मागेका छन्। ‘शुक्रबार बिहानैदेखि हाम्रा वरिष्ठ नेता श्री बालेन शाहको सेड्युवलमा परिर्वतन भएको थियो। उहाँसँग आउनुभएको एक जना सदस्य बिरामी परेपछि समयमा फेरबदल हुनपुग्यो’, बस्नेतले भने, ‘मेरो व्यक्तिगत र राष्ट्रिय स्वतन्त्र पार्टी दैलेखकोतर्फबाट माफी माग्न चाहान्छु।’
बस्नेतले थपे, ‘यस कारण समय अभाव भएका कारण, अर्को पटक पार्टी सभापति रवि लामिछानेसँग आफु आएर दैलेखका जनताहरुसँग सम्बोधन गर्ने बाचा गर्नुभएको छ।’
यस्तै, राति करिब ८ बजेको समयमा दुल्लु पुगेका बालेन त्यहाबाँट सुर्खेत झरेर सिद्धार्थ होटलमा बास बसे।
बालेनले सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ र २ बाट उम्मेदवार बनेका टेकबहादुर सिंह र रमेशकुमार सापकोटासँग फोटो खिचाए।

शनिबार बिहान ८ बजे सिद्धार्थ होटलबाट गाडीमा यात्रा गर्दै उनि वीरेन्द्रनगर नगरपालिकाको दैलेखरोडमा रहेको पार्टी कार्यालयमा पुगेर घण्टी बजाउँदै हात हल्लाए।
साथै उनले सुर्खेतको प्रसिद्ध धार्मिक स्थल देउतीबज्यै मन्दिरको दर्शन गरेपछि सुर्खेत विमानस्थल पुगेर बुद्ध एयरको विमानबाट काठमाडौँ फर्किका छन्।

रास्वपा कर्णाली प्रदेशका प्रवक्ता हरिप्रसाद अधिकारीले बालेज वीरेन्द्रनगरमा धेरै ठाउँमा नभुलिएको बताए। ‘बिहान पार्टी कार्यालय पुग्नुभयो। त्यसपछि देउजीबज्यैको दर्शन गरेर अहिले बुद्ध एयरलाइन्सबाट काठमाडौँ फर्किनुभयो।’ प्रवक्ता अधिकारीले भने।
चुनावी अभियान लियर कर्णाली पुगेका बालेन दैलेख, कालीकोट र सुर्खेत गरी ३ जिल्लाका विभिन्न पाँच ठाउँमा घण्टी मात्रै बजाए, तर कर्णाली आउनुको कुनै कारण र रास्वपाका उम्मेदवार विजयी गराउँनेपर्ने भिजन सुनाएनन्। एउटा स्टाटस मात्रै लेखे।