काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई/चार जना नेताले पार्टी छोड्दैमा आफूहरू कमजोर नहुने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले निजी स्वार्थ पूरा नभएपछि पार्टी त्याग्नेहरूकै कारण एमाले कमजोर नहुने बताएका हुन्।
उनले भने, ‘दुई/चार जना मान्छेले स्वार्थ पूरा भएन भनेर, एमालेले लिएको गन्तव्य गलत भयो भनेर होइन। आफ्नो निजी स्वार्थ पूरा भएन भनेर छोड्दैमा एमाले कमजोर हुुनु हुँदैन, कमजोर भएको पनि छैन र हुँदैन पनि।’