२०८३ बैशाख ३०, बुधबार

वीरेन्द्रनगर। सुर्खेतको वीरेन्द्रनगरमा नागरिक सचेतना फैलाउन युवाहरुले पुराना झण्डा परिवर्तन अभियान थालेका छन्। कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरका विभिन्न सार्वजनिक लगायतका स्थलमा राखिएका जीर्ण र च्यातिएका राष्ट्रिय झण्डाहरू हटाएर नयाँ राखेका हुन्।

अभियानको नेतृत्व गरेका ट्रम्यान शाहीले देशको पहिचान, स्वाभिमान र राष्ट्रिय एकताको प्रतीक बोकेको राष्ट्रिय झण्डाको सम्मान गर्नु प्रत्येक नागरिकको दायित्व भएको बताए।

उनले समाजमा जिम्मेवारीबोध र सकारात्मक परिवर्तनको सन्देश फैलाउने उद्देश्यले झण्डा परिर्वतनको अभियान सुरु गरिएको जानकारी दिए।

उनिहरुले वीरेन्द्रनगरका विभिन्न क्षेत्रमा च्यातिएका र पुरानो भएका झण्डाहरु हटाएर नयाँ राखेका छन्।

उक्त अभियानमा शाहीसहित, नमराज शाही, बिर बहादुर शाही, भुपेन्द्र खनाल, अमृत आले मगर र गणेश उपाध्याय लगायत युवाहरु छन्।

यो अभियानलाइ निरन्तर अगाडी बढाइने अभियान्ता शाहीले दाबी गरे।