पोखरा । गण्डकी प्रदेशअन्तर्गत मनाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन्।
गुरुङले २ हजार ४१५ मत प्राप्त गर्दै विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीकी यशोदा गुरुङ सुवेदीले ४५४ मत प्राप्त गरिन्।
त्यसैगरी मंगोल नेशनल अर्गनाइजेसनका रामबहादुर घलेले ९ मत प्राप्त गरेका छन्।
अन्तिम मतपरिणामसँगै मनाङबाट प्रतिनिधि सभामा टेकबहादुर गुरुङ निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
गुरुङ मनाङबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका प्रभावशाली नेता र पूर्वमन्त्री हुन्।
जसले राजनीतिसँगै पर्यटन र पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्।
उनी जिल्लाको विकासमा सक्रिय रहे पनि भृकुटीमण्डप जग्गा प्रकरणजस्ता केही कानुनी विवाद र चुनौतीहरूको सामना गरेका व्यक्तित्व हुन्।

